टेलिकमको निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी सविना मास्केलाई

काठमाडौं । जेठ २८, सरकारले नेपाल दूससञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी सविना मास्केलाई दिएको छ ।
अख्तियारले नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगिता पहाडीसहित १८ जनाविरुद्ध बिलिङ प्रणालीको मर्मत सम्भारसम्बन्धी ठेक्का लम्ब्याउने क्रममा भ्रष्टाचार अभियोग लागेपछि रिक्त रहेको पदमा मास्केलाई जिम्मेवारी दिएको हो ।
अख्तियारले बिलिङ प्रणालीको भ्रष्टाचार अभियोगमा सबिना मास्केसँग पनि बयान लिएको थियो । उनी त्यतिबेला टेलिकमको प्रमुख प्राविधिक अधिकृतको रुपमा काम गरेकी थिइन् । यही मुद्दामा उनका श्रीमान् समेत रहेका अमुल प्रधान अहिले निलम्बनमा परेका छन् ।