आज विश्व बालश्रम विरुद्धको दिवस मनाइँदै

काठमाडौं । जेठ २९, आज विश्व बालश्रम विरुद्धको दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष जुन १२ लाई संसारभर बालश्रम विरुद्धको दिवसको रूपमा मनाइने गरिएको छ ।
बालबालिकाको क्षेत्रमा काम गर्ने विभिन्न संस्थाहरुले ‘प्रगति स्पष्ट छ, तर अझै धेरै गर्न बाँकी छः प्रयासहरूलाई तीव्र बनाऔं १’ नाराका साथ आज विभिन्न कार्यक्रम गरि दिवस मनाउदैछन् ।
बालबालिकालाई श्रमिकका रूपमा प्रयोग गरिने कार्यविरुद्ध बालश्रम विरुद्धको दिवस मनाउन थालिएको हो । बालश्रम विरुद्ध आईएलओ महासन्धि १८२ र श्रममा प्रवेश गर्ने न्युनतम उमेर सम्बन्धी महासन्धि १३८ कार्यान्वयनको सन्दर्भ पारेर सन् २००२ देखि १२ जुनलाई विश्व बालश्रम विरुद्धको दिवसका रूपमा मनाउन थालिएको हो ।
अन्तर्राष्ट्रिय श्रम सङ्गठन आईएलओ कन्भेसनको भाग १३८ मा नेपालले पनि हस्ताक्षर गरी ऐक्यवद्धता जनाएको छ । नेपालमा बालबालिकासम्बन्धी ऐन २०४८ ले १६ वर्षमुनिकालाई बालबालिका भनेर परिभाषित गरेको छ ।