माधव कुमार नेपालले प्रचण्डसँग गरे छलफल

सहयात्रा टिभी

काठमाडौं । जेठ २९, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले छलफल गरेका छन् ।

भेटमा माधव नेपालका अलावा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे र नेता शेरबहादुर कुँवर थिए । माओवादीबाट प्रचण्डसहित उपमहासचिव वर्षमान पुन र प्रमुख सचेतक हितराज पाण्डे थिए ।

भेटमा सामसामयिक राजनीति र संसद्को जारी अवरोधबारे कुरा भएको नेताहरू बताउँछन् ।

 

प्रकाशित : 12 June, 2025

प्रतिक्रिया दिनुहोस्