दुर्घटनाग्रस्त इण्डियाको विमानमा नेपाली छैनन् ५२ बेलायती रहेको पुष्टि

सहयात्रा टिभी

काठमाडौं । जेठ २९, लण्डन जाँदै गरेको एयर इण्डियाको विमानमा सवार २४२ जना मध्ये कोही पनि नेपाली नागरिक नरहेको खुलेको छ ।

भारतको गुजरात राज्यको अहमदाबादमा दुर्घटनाग्रस्त एयर इण्डियाको जहाजमा ५२ जना बेलायती नागरिक रहेको पुष्टि भएको छ ।

भारतीय समय अनुसार अहमदावाद विमानस्थलबाट १ बजेर ३८ मिनेटमा उडेको जहाज दुई मिनेटमै भुईमा झरेको थियो ।
जहाजमा चालक दलका सदस्यसहित २४२ जना यात्रु सवार थिए ।

विमान दुर्घटना भएलगत्तै नेपाली नागरिक समेत सवार हुनसक्ने आशंकामा दिल्लीस्थित नेपाली दूतावासले भारतीय अधिकारीहरुसँग समन्वय गरेको थियो ।

भारतीय अधिकारीहरुले विमानमा सवारहरुको सूची समेत पठाएका छन् । सूची अनुसार विमानमा भारतीय, बेलायती, क्यानेडियन र पोर्चुगिज नागरिकहरु सवार थिए ।

बोइङ ७८७(८ ड्रीमलाइनर विमानमा २४२ यात्रु सवार थिए । दुर्घटनाको कारण खुलेको छैन ।

 

प्रकाशित : 12 June, 2025

प्रतिक्रिया दिनुहोस्