एयर इन्डियाको जहाज थाइल्याण्डमा आपतकालीन अवतरण

सहयात्रा टिभी

काठमाडौं । जेठ ३०, एयर इन्डियाको जहाज थाइल्याण्डमा आपतकालीन अवतरण गरेको छ । बम रहेको हल्लापछि विमानलाई आकस्मिक अवतरण गराइएको हो। ए आई ३७९ विमानमा १५६ यात्री थिए ।

यसअघि आज बिहान लण्डन जाँदै गरेको एयर इन्डियाको एक विमान उडेलगत्तै फर्किएर मुम्बईमा अवतरण गरेको थियो ।

भारतको समाचार एजेन्सी पीटीआईका अनुसार आज बिहान ५ बजेर ३९ मिनेटमा उडेको जहाज फर्किएर मुम्बईमा अवतरण गरेको हो ।

एयर इन्डियाले इरान र इजरायलबीचको लडाइँका कारण विमानहरुले हवाई रुट बदल्नु परेको र कतिपयलाई फर्काउनु परेको जनाएको छ ।

विहीबार दिउँसो भारतको अहमदावादबाट बेलायतको लण्डनका लागि उडेको एयर इन्डियाको बोइङ ७८७-८ विमान दुर्घटना हुँदा २४१ जनाको मृत्यु भएको थियो ।

 

प्रकाशित : 13 June, 2025

प्रतिक्रिया दिनुहोस्