प्रतिनिधिसभामा रास्वपा र राप्रपाले राखे अवरोध कायम

काठमाडौं । जेठ ३०, प्रतिनिधिसभा बैठकमा प्रतिपक्षी दल रास्वपा र राप्रपाले अवरोध कायम राखेका छन् ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षी दलहरूले संयुक्त रुपमा सदन अवरोध गरिरहेका थिए ।
यद्यपि, नेकपा माओवादी केन्द्रले सत्तारुढ दलको तर्फबाट नेकपा एमालेसँग समझदारी गरेको छ । उक्त समझदारी राप्रपा र रास्वपाले मानेको छैन ।
यसैबीच केहीबेर अघिबाट सुरु भएको प्रतिनिधिसभा बैठकमा रास्वपा र राप्रपाले अवरोध गरिरहेको छ । माओवादी र समाजवादी भने विरोधमा उभिएको छैन ।