संसदमा रास्वपा र राप्रपाको अवरोध जारी रहने

सहयात्रा टिभी

काठमाडौं । असार १, भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र संसदीय छानबिन समितिको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधिसभामा आफ्नो अवरोध जारी राख्ने भएका छन्।

आइतबार सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख दलका सचेतकहरूको बैठक बिनानिष्कर्ष टुंगिएपछि दुवै दलले आफ्ना माग पूरा नभएसम्म सदन चल्न नदिने अडान दोहोर्‍याएका हुन्।

रास्वपाका प्रमुख सचेतक सन्तोष परियार र राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले माग पूरा नभएसम्म अवरोध कायम रहने स्पष्ट पारे।

यसअघि प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले सत्तापक्षसँग दुईबुँदे सहमति गर्दै सदनको अवरोध हटाए पनि रास्वपा र राप्रपाले आफ्नो विरोधलाई निरन्तरता दिएका छन्। यही गतिरोधका कारण जेठ १३ गतेदेखि बजेटमाथिको महत्त्वपूर्ण छलफल अघि बढ्न सकेको छैन।

प्रकाशित : 15 June, 2025

प्रतिक्रिया दिनुहोस्