सुनको मुल्यमा उच्च बृद्धि

सहयात्रा टिभी

काठमाडौं । असार १, सुनको मुल्यमा उच्च बृद्धि भएको छ । आज चार सय रुपैयाँले बढेर सुनको मुल्य तोलाको एक लाख ९७ हजार पाँच सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

अस्ति शुक्रवार सुनको मुल्य तोलामा एक लाख ९७ हजार एक सय रुपैयाँ थियो । आज चाँदीको मुल्यमा भने घटबढ भएको छैन । चाँदी आज तोलाको दुई हजार एक सय ६५ रुपैयाँमा किनबेच भइरहेको महासङ्घले जनाएको छ ।

प्रकाशित : 15 June, 2025

प्रतिक्रिया दिनुहोस्