सभामुखले सदन सुरू गर्ने वातावरण बनाउन रास्वपा र राप्रपा समक्ष आग्रह

काठमाडौं । असार १, सभामुखले सदनलाई मर्यादित बनाउन समेत ध्यानाकर्षण गराए । सभामुखले सदन सुरू गर्ने वातावरण बनाउन रास्वपा र राप्रपा समक्ष आग्रह गरेका छन् ।
रास्वपा कार्यवाहक अध्यक्ष अर्यालले आफूहरूको अवरोध जारी रहने बताउँदै संसदलाई मर्यादित बनाउने प्रतिबद्धता जनाएका थिए ।
गत शुक्रबारको बैठकमा अवरोधका क्रममा संसदीय मर्यादाविपरीतका गतिवधि भएकोबारे बिहान भएको बैठकमा प्रमुख सचेतकहरूले सभामुखको ध्यानाकर्षण गराएका थिए ।
सभामुखले अध्यक्ष लिङ्देनलाई पनि संवैधानिक बाध्यता बुझिदिन आग्रह गर्दै संसदको अवरोध हटाउन आग्रह गरे ।
अध्यक्ष लिङ्देनसँग टेलिफोन गर्दै सभामुखले संसदमा आफ्ना विषयलाई राखेर सदन सुरू गर्ने वातावरण बनाउन सहयोग गर्न आग्रह गरे ।