नेप्से परिसूचक २६५५ अंकमा कायम

काठमाडौं । असार १, आइतबार सेयर बजार झिनो अंक ०.४७ ले बढेको छ । सो वृद्धिपछि नेप्से परिसूचक २६५५ अंकमा कायम भएको छ ।
अघिल्लो दिनको तुलनामा कारोबार रकम घटे पनि उत्साहजनक देखिन्छ । अघिल्लो दिन १२ अर्ब ५१ करोडको कारोबार भएकोमा आज ११ अर्ब ४४ करोडको भयो ।
९० कम्पनीको मूल्य बढ्दा १५७ को घट्यो । हाइड्रोपावर सेक्टरमा लगानीकर्ताको उत्साह कायमै छ ।
गत साता सबैभन्दा धेरै ५.५३ प्रतिशत बढेको यो सेक्टर आइतबार ०.९६ प्रतिशत बढ्यो । आज धेरै मूल्य बढेका कम्पनीमा हाइड्रोपावरको वर्चस्व रह्यो ।
आज धेरै कारोबार भएका पाँच कम्पनीमा सानिमा माइ हाइड्रोपावर, ङादी ग्रुप, बुटवल पावर, राधि विद्युत् र माउन्टेन इनर्जी क्रमशः अगाडि रहे ।