कर्णालीको बजेटमा माओवादीले असहमति जनाएपछि बैठक अनिश्चित

काठमाडौं । असार १, कर्णाली प्रदेश सरकारले ल्याउन लागेको बजेटमा माओवादीले असहमति जनाएपछि प्रदेशसभा बैठक अनिश्चित बनेको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले योजना बैंकमा योजनाहरू समावेश नगरेरै बजेट ल्याउन खोजेको भन्दै बैठकमा सहभागी नहुने जनाएको हो ।
योजना बैंकमा समावेश योजनाहरू सार्वजनिक गर्नुपर्ने र संसद्मा मुख्यमन्त्री यामलाल कँडेलले जनाएको प्रतिबद्धताअनुसार जिल्लाबाट सिफारिस योजना पनि बजेटमा समावेश नहुँदासम्म संसद् बैठकमा उपस्थित नहुने माओवादी संसदीय दलको बैठकले निर्णय गरेको छ ।
आइतबार दिउँसो तीन बजे नै प्रदेश सभामा आगामी आर्थिक वर्ष २०८२ र ०८३ को वार्षिक बजेट प्रस्तुत गर्ने कार्यसूची रहेको थियो ।
तर बजेटमा माओवादीले असन्तुष्टि देखाएपछि अझै बैठक बस्न सकेको छैन । कार्य व्यवस्था परामर्श समितिको बैठक चलिरहेको छ भने अझै सहमति जुट्न भने सकेको छैन ।