एनओसी अनियमितताबारे अनुसन्धान सुरु

सहयात्रा टिभी

काठमाडौं । असार ३, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) मा भाइरहेको अनियमितताबारे अनुसन्धान सुरु गरेको छ ।

मन्त्रालयअन्तर्गतको सानोठिमिस्थिति एनओसी शाखामा घुस लिएर एनओसी दिने गरेको समाचार प्रकाशित भएको थियो ।

देश अनुसार फरक-फरक घुस रकम लिएर एनओसी बनाउने गरेको पाइएको छ । ३० हजारदेखि एक लाख माथिसम्म विद्यार्थीबाट कर्मचारीले असुल्ने गरेका छन् ।

योसँगै शिक्षा मन्त्रालयले छानबिन कार्यदल नैगठन गरेर अनुसन्धान सुरु भएको बताएको छ । शिक्षा मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाका अनुसार छानबिन गर्न कार्यदल गठन गरिएको छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरिएको छ ।

मन्त्रालयका अनुसार शिक्षामन्त्री रघुजी पन्तले निश्पक्ष छानबिन गर्न निर्देशन दिएका छन् । अनियमितता भएको भेटिएमा कार्यदलले कारबाहीको लागि सिफारिस गर्ने छ ।

 

प्रकाशित : 17 June, 2025

प्रतिक्रिया दिनुहोस्