आज उच्चस्तरीय सुशासन आयोगको पहिलो बैठक बस्दै

सहयात्रा टिभी

काठमाडौं । असार ४, प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा उच्चस्तरीय सुशासन आयोगको पहिलो बैठक आज बस्दै छ ।

प्रधानमन्त्री तथा मन्त्रिरिषद्को कार्यालय सिंहदरबारमा बस्ने बैठकमा देशमा सुशासन कायमका लागि भइरहेका काम र सुधारका उपायलगायत विषयमा छलफल हुने प्रधानमन्त्री ओलीका स्वकीय सहसचिव रोश्नी मेचेले जानकारी दिनुुभयो ।

गएको वैशाख ८ गतेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री ओलीको अध्यक्षतामा आयोग गठन गरेको थियो ।

आयोगमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियालगायत सदस्य रहनुभएको छ ।

 

प्रकाशित : 18 June, 2025

प्रतिक्रिया दिनुहोस्