आजको बैठकमा गरे रास्वपाले वेल घेराउ राप्रपाले बहिस्कार

सहयात्रा टिभी

काठमाडौं । असार ५, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधि सभाको आजको बैठकमा वेल घेराउ गरेको छ ।

आफूहरुले उठाएका माग सरकारले नसुनेको भन्दै रास्वपाले संसद वैठकमा विरोध जारी राखेको हो । तर संसद बैठक भने जारी छ ।

सभामुख देवराज घिमिरेले संसद बैठक सुरु भएको जानकारी गराएलगत्तै रास्वपा र राप्रपाका सांसदहरु उठेर विरोध गरेका थिए । त्यसपछि सभामुख घिमिरेले रास्वपाका सांसद हरि ढकाललाई बोल्ने समय दिए ।

उनले सरकारले भुइँमान्छेका आवाज नसुनेको भन्दै विरोध जनाए । संसदमा आफूहरुको आन्दोलन जारी रहेको बताएपछि रास्वपा सांसदहरु उठेर वेल अगाडि पुगेका छन् ।

राप्रपाले भने आजको बैठक बहिस्कार गरेको छ । सभामुख घिमिरेले आज शून्य समय हटाइएको जानकारी दिएका छन् ।

 

प्रकाशित : 19 June, 2025

प्रतिक्रिया दिनुहोस्