नागार्जुनस्थित एक स्टिकर गोदाममा आगलागी

सहयात्रा टिभी

काठमाडौं । असार ८, काठमाडौंको नागार्जुन नगरपालिकास्थित एक स्टिकर गोदाममा आगलागी भएको छ ।

नागार्जुन– ३ बाफलस्थित राजेन्द्र उदासले सञ्चालन गरेको मेडल तथा स्टिकर गोदाममा विद्युत सर्ट भएर आइतबार बिहान साढे ३ बजेतिर आगलागी भएको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बलले दुईवटा दमकल प्रयोग गरी करिब डेढ घण्टाको प्रयासमा आगो नियन्त्रणमा लिएका थिए । आगलागीबाट भएको क्षतिको विवरण भने आउन बाँकी रहेको छ ।

प्रकाशित : 22 June, 2025

प्रतिक्रिया दिनुहोस्