गायक जनार्दन ढकालको प्रेमभावले भरिएको गीत ‘तिमी आउन’ सार्वजनिक

सहयात्रा टिभी

काठमाडौं । असार ८, गायक जनार्दन ढकालको सशक्त स्वरमा रहेको नयाँ गीत ‘तिमी आउन’ सार्वजनिक भएको छ। गायन, रचना र शब्द सबैमा ढकालको आत्मीयता झल्किने यस गीतले विरह, आशा र समर्पणको गहिरो अनुभूति दर्शक-श्रोतासम्म पुर्‍याउने विश्वास लिइएको छ।

भिडियोलाई च्याम खुसेले निर्देशन गरेका छन्। भिडियामा जनार्दन ढकालसँगै मालिका राईको अभिनय देख्न सकिन्छ। गीतमा संगीत संयोजन, मिक्सिङ र मास्टरिङको जिम्मेवारी विश्व अधिकारीले सम्हालेका छन्। ओपल म्युजिक स्टुडियोमा भूपेन राजबंशीको रेकर्डिङमा तयार भएको यस गीतमा अधिकारीकै मधुर गिटार धुन सुन्न सकिन्छ, जसले भावनात्मक अनुभूतिको गहिराइ थप्छ।

दृश्य सम्पादन, छायांकन तथा सम्पूर्ण दृश्य संरचनामा भूपेन राजबंशीको योगदान रहेको छ। भिडियोको मेकअप आर्टिस्ट च्याम खुसे हुन् भने प्रोडक्सन सहायकका रूपमा शंकर लिम्बू फोम्बो र सुजन भण्डारीको साथ रहेको छ।

प्रकाशित : 22 June, 2025

प्रतिक्रिया दिनुहोस्