दुर्गा प्रसाईंजीको तीनकुने घटनामा दोष छैन : सांसद राणा

सहयात्रा टिभी

काठमाडौं । असार ८, राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवलशमशेर राणाले गत चैत १५ गतेको तीनकुने घटनाको जिम्मेवारी राज्यले लिनुपर्ने टिप्पणी गरेका छन् ।

 

प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै सांसद राणाले तीनकुने घटना आफूहरूको कारण नभई राज्यको कारण भएको बताए । सथै, उनले सो घटनाको सबै जिम्मेवारी राज्यले नै लिनुपर्ने संसद्मा सम्बोधनको क्रममा बताएका छन् ।

सांसद राणाले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको पनि बचाउ गरे । प्रसाईं निमुखा जनताको सेवा गर्न लागि परेको व्यक्ति भएको जिकिर गर्दै सांसद राणाले राज्यले जनता भड्काएको कारण तीनकुने आतंक भएको जिकिर गरे ।

‘चैत १५ गतेको तीनकुने घटना हाम्रो कारणले नभई राज्यको कारणले भएको हो । दुर्गा प्रसाईंजी पनि निमुखा जनताको सेवा गर्न लाग्नु भएको छ, उहाँले पनि होइन,’ सांसद राणाले भने, ‘राज्यले जनता भड्काएको कारणले त्यो आतंक भएको हो । सभामुख महोदय त्यसको लागि पनि हामीले छानविनको माग गरेका छौँ । सरकार छानविन गर्न किन डराइरहेको छ रु’

उनले घटनाको निष्पक्ष छानविनका छानविन समिति बनाउन समेत माग गरे ।

प्रकाशित : 22 June, 2025

प्रतिक्रिया दिनुहोस्