लगातार ४ दिन घटेको नेप्से आज सामान्य विन्दुमा

सहयात्रा टिभी

काठमाडौं । असार ९, लगातार ४ कारोबार दिन घटेको शेयर बजार आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ४ दशमलव ७८ अङ्कले बढेर २ हजार ६ सय दशमलव ७६ विन्दुमा पुगेको छ ।

आज विकास बैंक, बीमा, उत्पादन, म्युचल फन्ड र अन्य बाहेक सबै समूहको शेयर बढेकोमा व्यापार समूहको शेयर २ दशमलव २० प्रतिशतले उकालो लागेको छ ।

आज नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । हिजो ९ अर्ब १४ करोडको कारोबार भएकोमा आज ३ सय २५ वटा कम्पनीका १ करोड ७५ लाख कित्ता शेयर ६ अर्ब ४७ करोड रुपैयाँमा किनबेच भएको छ ।

प्रकाशित : 23 June, 2025

प्रतिक्रिया दिनुहोस्