रास्वपा र रविलाई अन्याय नहोस् भन्नका लागि प्रयासरतछु: प्रचण्ड

सहयात्रा टिभी

काठमाडौं । असार १०, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रास्वपा र सो पार्टीका सभापति रवि लामिछानेलाई अन्याय नहोस् भन्नका लागि आफू अहिले पनि प्रयासरत रहेको बताएका छन् ।

 

 

 

मंगलबार सिंहदरबारमा नेकपा एकीकृत समाजवादीका नेताहरूसँगको छलफलबाट बाहिरिने क्रममा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिने क्रममा प्रचण्डले यस्तो बताएका हुन् ।

‘म अहिले पनि रास्वपालाई धेरै भन्न चाहन्नँ । रास्वपा र रवि लामिछानेलाई अन्याय नहोस् भन्नका लागि मैले अन्तिम समयसम्म प्रयास गरेको, अझै गर्दैछु,’ प्रचण्डले भनेका छन् ।

साथै, रास्वपाका नेता कार्यकर्ताले पनि सो कुरा विस्तारै बुझ्दै जाने उनको भनाइ थियो । ‘रास्वपाका साथिहरूले एकदिन बुझ्नुहुन्छ,’ पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले भने ।

उनले आजको छलफलमा सदनमा पछिल्लो पटक देखिएको परिस्थितिबारे छलफल भएको जानकारी दिए ।

‘अहिले सदनमा भइरहेको परिस्थितिबारे पनि अलिकति चर्चा गरियो,’ प्रचण्डले भने, ‘अनि समाजवादी मोर्चालाई कसरी अघि बढाउने भन्नेबारे पनि सामान्य छलफल हो ।’

प्रकाशित : 24 June, 2025

प्रतिक्रिया दिनुहोस्