राष्ट्रियसभाको बैठक बस्दै

सहयात्रा टिभी

काठमाडौं । असार १२, संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ ।


दिउँसो सवा १ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने बैठक सांसद जग प्रसाद शर्माले ‘खानेपानीमा नागरिकको सहज पहुँच पुर्‍याउने र नेपालमै ब्लिचिङ पाउडर उद्योग खोल्ने सम्बन्धी’ सङ्कल्प प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

यस्तै, राष्ट्रियसभाका सचिव डा. सुरेन्द्र अर्यालले ‘विनियोजन विधेयक, २०८२’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभा समक्ष टेबुल गर्ने छन् ।

त्यसैगरी, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रियसभा नियमावली– २०७५ को नियम १३३(क) को उपनियम (२) बमोजिम ‘विनियोजन विधेयक, २०८२’ सभा समक्ष प्रस्तुत गर्ने छन् ।

प्रकाशित : 26 June, 2025

प्रतिक्रिया दिनुहोस्