शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठक सर्‍यो

सहयात्रा टिभी

काठमाडौं । असार १२, प्रतिनिधिसभा बैठक अन्तर्गतको शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठक सरेको छ । बिहीबार दिउँसो २ बजेका लागि बोलाइएको बैठक दिउँसो ३ बजेसम्मका लागि सारिएको हो ।

विद्यालय शिक्षा विधेयकको विवादित विषयमा सहमति गर्ने प्रयासस्वरुप बैठक सारिएको हो । समितिले भोलि ९असार १३० सम्म विधेयक पारित गर्ने प्रतिनिधिसभामा पठाउने तयारी गरेको छ ।

समितिका सभापति अम्मरबहादुर थापाले दिएको जानकारी अनुसार, विधेयकमा बाँकी रहेका केही विषय आज र भोलि बैठक बसेर सक्ने तयारी छ ।

बुधबार दिनभर पनि विधेयकको विवादित विषयमा सहमति जुटाउन परामर्श समन्वय उपसमितिको बैठक बसेको थियो । उक्त समितिले विवादित विषयलाई साँघुरो बनाउँदै लगेको जनाएको छ ।

समिति सदस्यहरूको एक मत भएमा अब छलफल धेरै विषय बाँकी छैनन् । अब समितिबाट पास भएपछि यो विधेयक प्रतिनिधिसभामा जान्छ । प्रतिनिधिसभाले छलफल गरेर पास गर्छ ।

 

प्रकाशित : 26 June, 2025

प्रतिक्रिया दिनुहोस्