रिक्त पदहरूमा उपनिर्वाचन गर्ने तयारीमा निर्वाचन आयोग

काठमाडौं । असार १२, प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा रिक्त पदहरूमा उपनिर्वाचन गर्ने तयारीमा निर्वाचन आयोग जुटेको छ ।आयोगले आगामी कात्तिक २० गतेभित्र उपनिर्वाचन गर्ने गरी मिति तोक्ने तयारी गरेको छ ।
निर्वाचन आयोगले मिति नतोक्दै राजनीतिक दलहरू उम्मेदवारका र चुनावी गठबन्धनका विषयबारे अनौपचारिक छलफलमा जुट्न थालेका छन् ।
बिहीबार माओवादी केन्द्रका अध्यक्ष पुष्कमल दाहाल प्रचण्ड पार्टीका शीर्ष नेताहरूसँग छलफलमा बसे । पार्टी कार्यालय पेरिसडाँडामा भएको छलफलमा उपनिर्वाचन लगायतका विषयमा छलफल भएको छ ।
नेताहरूका अनुसार माओवादी केन्द्र अब हुने उपनिर्वाचनमा एक्लै लड्ने सोचमा छ । नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० लगायतका दलहरू पनि उपनिर्वाचनमा गठबन्धन गर्ने सोचमा छैनन् ।
एमालेले प्रतिनिधिसभा उपनिर्वाचनका लागि रुपन्देही क्षेत्र नं. ३ मा नेता खिमलाल भट्टराईलाई उम्मेदवार बनाउने गरी छलफल अगाडि बढाइसकेको छ ।
प्रतिनिधिसभातर्फ रुपन्देही क्षेत्र नं. ३ र गण्डकी प्रदेशसभाको मनाङ क्षेत्र नं. १ (२) मा मा स्थान रिक्त छ । स्थानीय तहमा १३ वडा अध्यक्षको जनप्रतिनिधिको पद रिक्त छ ।
रुपन्देही ३ मा राप्रपाका सांसद दिपक बोहराको निधन भएपछि पद रिक्त छ । मनाङ क्षेत्र नम्बर १ (२) का प्रदेशसभा सदस्य दिपक मनाङे जेल गएपछि पद रिक्त छ ।
यी स्थानमा उपनिर्वाचन गर्नका लागि यही असार ६ गते निर्वाचन आयोगले प्रधानमन्त्री केपी शर्मा ओलीसँग परामर्श लिएको थियो । त्यसबेला नै आयोगले ती स्थानमा सरकारको परामर्शमा आगामी असार २० गतेभित्र निर्वाचन आयोगले मिति तोक्ने तयारी गरेको छ ।
प्रतिनिधिसभा, प्रदेश सभा र स्थानीयमा रिक्त पदमा हुने उपनिर्वाचनमा गठबन्धन नगरेता पनि राष्ट्रिय सभाको चुनावमा भने दलहरू गठबन्धनको तयारी छन् ।
राष्ट्रिय सभाको निर्वाचन आगामी माघमा हुनेछ । आगामी फागुन २० गते १९ जना सांसद कार्यकाल सकिएर बिदा हुँदैछन् । त्यसबेला हुने चुनावमा भने सरकार चलाइरहेका नेकपा एमाले र नेपाली कांग्रेस नै गठबन्धन गर्दैछन् ।
राष्ट्रिय सभाको चुनावमा स्थानीय तहका प्रमुख र उपप्रमुख तथा प्रदेश सभा सदस्य मतदाता हुन्छन् ।