नेप्से आज ४ दशमलव ४५ अङ्कले झर्‍यो

सहयात्रा टिभी

काठमाडौं । असार १२, शेयर बजार लगातार तेस्रो दिन घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ४ दशमलव ४५ अङ्कले घटेर २ हजार ५ सय ९५ दशमलव ७४ विन्दुमा झरेको छ ।

आज विकास बैंक, जलविद्युत्, माइक्रोफाइनान्स र म्युचल फन्डबाहेक सबै समूहको शेयर घटेकोमा होटल समूहको शेयर १ दशमलव ८७ प्रतिशतले ओरालो लागेको छ ।

आज नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । हिजो ५ अर्ब ९४ करोडको कारोबार भएकोमा आज ३ सय ६ वटा कम्पनीका १ करोड ९६ लाख कित्ता शेयर ७ अर्ब ७८ करोड रुपैयाँमा किनबेच भएको छ ।

प्रकाशित : 26 June, 2025

प्रतिक्रिया दिनुहोस्