आज २०८२ साल असार १३ गते शुक्रबारको राशिफल

काठमाडौं । असार १३, आज २०८२ साल असार १३ गते शुक्रबार। असार शुक्ल पक्षको द्वितीया तिथि। तदनुसार सन् २०२५ जुन २७ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।
मेष : दिन सामान्य छ। यात्रामा सञ्चित धन खर्च हुने जोखिम छ। आम्दानी भन्दा खर्च बढ्ने छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा तपाईंको प्रगति हुनेछ।
वृष : दिन राम्रो छ। राजनीतिक क्षेत्रमा प्रगति हुनेछ। व्यापारमा गरेको लगानीबाट फाइदा हुने योग छ। शिक्षामा गरेको लगानीबाट नाफा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने छ।
मिथुन : दिन धेरै राम्रो छ। मन प्रशन्न रहने छ। कामबाट सन्तुष्टि मिल्ने छ। श्रमको प्रतिफल प्राप्त हुने योग छ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ।
कर्कट : आज दिन राम्रो छ। आम्दानीको स्रोत बलियो बनेको छ। संकटमा साथीको साथ मिल्नेछ। योजना सार्वजनिक नगरी काम गर्नु राम्रो हुन्छ। हरेक क्षेत्रमा गोपनीयता सुरक्षित गर्नुपर्ने छ।
सिंह : दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। अप्ठेरो परिस्थितिको सामना गर्नुपर्ने हुनसक्छ। आज तपाईंले राजनीति नगर्नु उचित हुन्छ। शिक्षाको क्षेत्रमा गरेको श्रमको मूल्य प्राप्त हुनेछ।
कन्या : तपाईंका लागि आजको दिन राम्रो छ। कृषि क्षेत्रको व्यापारबाट फाइदा हुनेछ। स्वदेशमा आम्दानीका स्रोत पत्ता लाग्ने देखिन्छ। परिवारभित्र तपाईंको कामको प्रशंसा हुनेछ।
तुला : दिन राम्रो छ। प्रतिभा प्रदर्शन गर्ने अवसर प्राप्त हुनेछ। बौद्धिक व्यक्तिसँगको भेटले मन शान्त बन्ने छ। राजनीतिक क्षेत्रमा सेवाको अवसर प्राप्त होला। शिक्षामा थप मिहिनेत आवश्यक देखिन्छ।
वृश्चिक : दैनिकी सामान्य छ। सानो कामले पनि मनमा उत्साह बढ्नेछ। स्वास्थ्यमा समस्या देखिने भएकाले खानपानमा सचेत बन्नुपर्ने समय छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने छ।
धनु : दिन सामान्य छ। तपाईंले खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ। सम्पत्तिका पछाडि लाग्दा सहकर्मीले छोड्ने छन्। शिक्षाको क्षेत्रमा देखिएको अल्छीपनले घाटा हुनेछ।
मकर : दिन राम्रो छ। आज तपाईंका लागि शुभ ग्रहको बहुमत छ। आम्दानीका दृष्टिले दिन शुभ छ। प्रेम सम्बन्ध सुमधुर बन्ने देखिन्छ। श्रमको मूल्य प्राप्त हुनेछ।
कुम्भ : दिन सामान्य छ। बोल्नु अगाडि सोच्नुपर्ने देखिन्छ। संकटमा तपाईंको सुझबुझका कारण विपक्षीको साथ मिल्नेछ। परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ। राज
मीन : दिन राम्रो छ। बौद्धिक व्यक्तिसँग भेट हुनेछ। धार्मिक क्षेत्रमा मन जानेछ। परिवारका. साथ र सहयोग बढ्नेछ। प्रेम सम्बन्ध भने सुमधुर बन्ने योग छ। शिक्षामा मिहिनेत गर्दा प्रगतिफल प्रप्त होला।