७७औँ जिल्लाका रुपमा राष्ट्रिय सडक सञ्जालमा जोडिँदै हुम्ला : सिमकोट अब गाडीबाटै पुगिने

काठमाडौं । असार १३, राष्ट्रिय सडक सञ्जालसँग जोडिन बाँकी रहेको देशको एकमात्र जिल्ला हुम्ला अब सडक मार्गबाट जोडिएको छ । हुम्ला सदरमुकाम सिमकोटसम्म सडक पुर्याउन बाँकी रहेको करिब १५० मिटरको कठिन छारेभिर फोड्ने काम सकिएसँगै यो सम्भव भएको हो।
यससँगै देशका सबै ७७ जिल्लाका सदरमुकाम राष्ट्रिय सडक सञ्जालमा जोडिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत ‘हुम्ला अब टाढा छैन’ भन्दै यो सपना पूरा भएको बताएका छन् । उनले चाँडै सडक सञ्चालनमा आउने र आफू स्पेनबाट फर्केपछि औपचारिक उद्घाटनका लागि हुम्ला जाने जानकारी दिएका छन् ।
सडक निर्माण कार्य अन्तिम चरणमा पुगेको र अब यातायात सञ्चालनको तयारी भइरहेको छ। सदरमुकाम सिमकोटबाट चीनको सीमा हिल्सासम्मको ९५ किलोमिटर सडकखण्डमा भने पहिलेदेखि नै गाडी चल्दै आएका थिए, तर राष्ट्रिय सञ्जालसँगको अभावले जिल्ला अलगजस्तै थियो।