गठबन्धनमा एमालेसँगको असमझदारी स्वाभाविक हो : सभापति देउवा

सहयात्रा टिभी

काठमाडौं । असार १३, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता साझेदार दल नेकपा (एमाले)सँग बेलाबखत देखिने असमझदारीलाई स्वाभाविक रूपमा लिनुपर्ने बताएका छन् । शुक्रबार भरतपुरमा पत्रकारहरूसँग कुरा गर्दै उनले एमाले फरक राजनीतिक दल भएकाले गठबन्धनमा रहँदा केही विषयमा फरक मत देखिनु सामान्य भएको स्पष्ट पारे ।

सभापति देउवाले मतभेदका बीच पनि सरकार आपसी सहमतिमै अघि बढिरहेको बताए । “एमाले फरक दल भएकाले कहिले कहिले असमझदारी पनि देखिन्छ, यो स्वभाविक हो,” देउवाले भने, “तर सरकार आपसी सहमति अनुसार नै अघि बढेको छ।”

गठबन्धनभित्र सहमतिमै काम भइरहेको उदाहरण दिँदै उनले कांग्रेसको आग्रहपछि सरकारले बजेटमा व्यवस्था गरिएको ‘टेक एन्ड पे’ को प्रावधान सहजै हटाएको स्मरण गराए।

प्रकाशित : 27 June, 2025

प्रतिक्रिया दिनुहोस्