स्पेन भ्रमणमा जानुअघि प्रधानमन्त्री ओलीले आज संसदलाई सम्बोधन गर्ने

काठमाडौं । असार १४, प्रधानमन्त्री केपी शर्मा ओलीले आज (शनिबार) प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दैछन्।
नयाँ बानेश्वरस्थित संसद भवनमा बिहान ११ बजे बस्ने बैठकमा उनले समसामयिक विषय र आफ्नो स्पेन भ्रमणबारे जानकारी गराउनेछन्।
उनी आजै साँझ संयुक्त राष्ट्रसङ्घद्वारा आयोजित ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै स्पेन प्रस्थान गर्ने कार्यक्रम छ। सोही भ्रमणमा निस्कनुअघि उनले संसदलाई सम्बोधन गर्न लागेका हुन्।