काठमाडौं र ललितपुरमा दुई जनाको शव फेला

सहयात्रा टिभी

काठमाडौं । असार १५, काठमाडौं र ललितपुरका दुई फरक ठाउँमा दुई जनाको शव फेला परेको छ ।

काठमाडौंको गोकर्णेश्‍वर नगरपालिका–७ दक्षिणढोकामा एक पुरुषको शव भेटिएको हो ।

दक्षिणढोका डेरा गरी बस्ने धादिङ धुनीबेशी नगरपालिका–६ घर भएका ३५ वर्षीय रमेश आचार्य आफ्नै कोठामा आइतबार मृत अवस्थामा फेला परेको प्रहरीले बताएको छ ।

त्यसैगरी ललितपुरको महालक्ष्मी नगरपालिका–२ उदयबस्तीस्थित पुरानो भत्किएको घरमा एक महिला मृत भेटिएकी छिन् । नाम, थर र वतन नखुलेकी अन्दाजी ३५ वर्षीया महिला आइतबार मृत अवस्थामा फेला परेको प्रहरीले बताएको छ ।

 

 

प्रकाशित : 29 June, 2025

प्रतिक्रिया दिनुहोस्