सर्वोच्चका प्रस्तावित न्यायाधीशको सुनुवाइ सकियो

सहयात्रा टिभी

काठमाडौं । असार १६, सर्वोच्चका प्रस्तावित न्यायाधीश र न्यायपरिषद् सदस्यको संसदीय सुनुवाइ सकिएको छ ।

सर्वोच्चको न्यायाधीशमा प्रस्तावित न्यायाधीश मेघराज पोखरेल, श्रीकान्त पौडेल र शान्तिसिंह थापामाथि सुनुवाइ सकिए पनि अनुमोदनको निर्णय भने भएको छैन ।

उनीहरूविरुद्ध परेका उजुरीमाथि लगातार सुनुवाइ भइरहेको थियो । समिति सभापति ईश्वरी देवी न्यौपानेका अनुसार, आजबाट उजुरीमाथिको सुनुवाइ सकिएको छ ।

समिति स्रोतका अनुसार सुनुवाइका क्रममा प्रस्तावित न्यायाधीश मेघराज पोखरेलको सन्दर्भमा केही सांसदहरूले प्रश्न उठाएका थिए ।

प्रकाशित : 30 June, 2025

प्रतिक्रिया दिनुहोस्