कोशी प्रदेश सांसदले गीत गाएर सरकारसँग मलबीउ मागे

सहयात्रा टिभी

काठमाडौं । असार १६, कोशी प्रदेश सांसदले गीत गाएर सरकारसँग मलबीउ मागेका छन् । माओवादी केन्द्रका प्रदेश सांसद गोम्बु शेर्पाले सोमबार बसेको प्रदेशसभा बैठकको शून्य समयमा बोल्दै सरकारसँग मल मागेका हुन् ।

‘किसानहरु चाहिँ यो असारको मासमा मल नपाएर असाध्यै पीडित र प्रताडित छन् । खेतबारीमा हुनुपर्ने कृषकहरु मल गोदामको अगाडि, कृषि कार्यालयको अगाडि, घण्टौँसम्म लाइन बस्नुपर्ने र लाइन बस्दा पनि मल नपाउने पीडा बेहोरिरहेको छ,’ उनले भने,‘ हाम्रो सरकारले आवश्यक मल उत्पादन गर्न पनि नसक्ने र सम्बन्धित ठाउँबाट आयात गरेर कृषकलाई समयमा मल दिनु पनि नसक्ने।

सरकारको यो असक्षमता असफलता कहिलेसम्म रु किसानलाई समयमा मल–बिउ उपलब्ध गराउने सन्दर्भमा सरकारको तर्फबाट के पहलकदमी भइराखेको छ ? ’

किसानको पीडा सम्बोधनका लागि सरकार गैर जिम्मेवार रहेको बताउँदै उनले सहज रुपमा मल पाउने व्यवस्था गर्न माग गरे ।

‘किसानको पीडा र सरकारको गैरजिम्मेवारीपन हेर्दाखेरि चाहिँ सभामुख महोदय, यसो पनि भन्न मन लाग्छ,’ भन्दै उनले ‘हो हो सरकार हो हो, मल बीउ चाहियो हो हो’ गीत गाएर आफ्नो सम्बोधन अन्त्य गरे ।

शेर्पाले सरकारलाई दबाब सृजना गर्नका लागि शेर्पाले यसअघि दुई पटक सरकारसँग गीत गाएर जवाफ मागेका थिए ।

 

प्रकाशित : 30 June, 2025

प्रतिक्रिया दिनुहोस्