नेप्से दोहोरो अंकले बढ्यो

काठमाडौं । असार १७, तीन दिनदेखि सेयर बजार लगातार बढेको छ । आज नेप्से दोहोरो अंकको वृद्धिपछि २६६० मा कायम भएको छ ।
यसअघि आइतबार २६ र सोमबार ९ अंकले बजार बढेको थियो । मंगलबार सेयर बजारको परिसूचक नेप्से २८.९१ अंक बढेको छ ।
२१७ कम्पनीको मूल्य बढ्यो भने ३१ को घट्यो । अधिकांश सेक्टरका सूचक बढेका छन् । लगानी समूह सबैभन्दा धेरै २.३८ प्रतिशत बढ्यो ।
मंगलबार परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ६ अर्ब ३८ करोडको कारोबार भएकोमा आज ७ अर्ब ३ करोडको भयो ।