ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक झिनो मतान्तरले पारित

सहयात्रा टिभी

काठमाडौं । असार १८, अमेरिकी सिनेटले राष्ट्रपति डोनाल्ड ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक झिनो मतान्तरले पारित गरेको छ।

२४ घन्टा लामो बहसपछि उपराष्ट्रपति जेडी भान्सको टाई-ब्रेकिङ भोटमार्फत ‘वन बिग ब्यूटीफुल बिल’ पारित भएको हो । विधेयकको पक्ष र विपक्षमा भोट बराबरी भएपछि उपराष्ट्रपति जेडी भान्सको भोट निर्णायक बनेको हो ।

तल्लो सदनबाट पनि पास भएको अवस्थामा राष्ट्रपतिले हस्ताक्षर गरेपछि यो विधेयक कानुनमा परिणत हुनेछ । यद्यपि तल्लो सदनमा यसले कझ कडा विरोधको सामना गर्नुपर्ने अवस्था छ ।

ट्रम्पले रिपब्लिकन पार्टीको बाहुल्य रहेको कंग्रेसलाई अन्तिम विधेयकमा हस्ताक्षर गर्न आगामी जुलाई ४ सम्मको समयसीमा दिएका छन्। जुलाई ४ मा अमेरिकी स्वतन्त्रता दिवस पर्छ ।

यो विवादित विधेयकमा सामाजिक कार्यक्रमहरूमा खर्च कटौती गर्ने प्रावधानहरू राखिएको छ । ‘यो एक उत्कृष्ट विधेयक हो। यसमा सबैका लागि केही न केही छ,’ बिल पारित भएपछि ट्रम्पले भने ।

 

प्रकाशित : 2 July, 2025

प्रतिक्रिया दिनुहोस्