नेतृत्वबारे भइरहेको बहस रोक्न शंकर पोखरेलको निर्देशन

काठमाडौं । असार १८, नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेतृत्वबारे भइरहेको बहस रोक्न निर्देशन दिएका छन् ।
बागमती प्रदेशको भर्चुअल बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले नेतृत्वबारे अहिले बहस गर्ने बेला नभएको बताएका हुन् ।
‘महाधिवेशनको मिति निर्धारण नभइसकेको अवस्थामा नेतृत्वको बहस पूर्णत: रोक्नुपर्छ’, महासचिव पोखरेलले भनेका छन् । उनले पार्टी पंक्तिले नीति र विधि निर्माणमा केन्द्रित हुनुपर्ने पनि बताएका छन् ।
यद्यपि विधान महधिवेशनमा प्रस्तुत हुने प्रतिवेदनको मस्यौदाहरु तयार हुनै बाँकी छ । ‘विधान संशोधन प्रस्ताव केन्द्रीय कमिटीबाट छलफलका लागि मातहतका कमिटीमा पठाइनेछ’, पोखरेलले भने ।