पूर्वमन्त्री बस्नेतले दिए महामन्त्री गगनलाई चेतावनी

सहयात्रा टिभी

काठमाडौं । असार १८, नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री मोहन बस्नेतले महामन्त्री गगन थापा आफ्नो विरुद्धमा रहेको भन्दै सचेत रहन चेतावनी दिएका छन् ।

बस्नेतले महामन्त्री थापाले टेरामक्स प्रकरणमा आफूविरुद्ध संसद्‌मा बढी बोल्ने गरेको आरोप लगाए । बस्नेतले महामन्त्री थापाप्रति संकेत गर्दै अख्तियार आफ्नो विरुद्धमा लाग्नुमा उनको भूमिका रहेको आरोप समेत लगाए ।

बस्नेतले टेरामक्समा आफूले गल्ती नगरेको पनि उनले बताएका छन् । ‘महामन्त्री गगन जी, तपाईं सबै नेतालाई समाउन लगाउनुस्,’ बस्नेतले पार्टी बैठकमा भने ।

भ्रष्टाचारको मुद्दामा एउटाले अर्कोलाई सकाउनका लागि नेपाल पाकिस्तानको मोडलमा गएको बस्नेतले पार्टी बैठकमा बताए । ‘समय लाग्ला कोही पनि सग्लो देखिने छैनन्,’ बस्नेतले भने ।

 

प्रकाशित : 2 July, 2025

प्रतिक्रिया दिनुहोस्