नेप्से आज ३४ दशमलव ४२ अङ्कले बृद्धि

सहयात्रा टिभी

काठमाडौं । असार १८, लगातार चौथो दिन नेप्से आज ३४ दशमलव ४२ अङ्कले बृद्धि भएको छ ।

शेयर बजार परिसूचक नेप्से आज ३४ दशमलव ४२ अङ्कले बढेर २ हजार ६ सय ९४ दशमलव ८२ विन्दुमा पुगेको छ । पछिल्लो चार दिनमा नेप्से झन्डै सय अङ्कले उकालो लागेको छ ।

आज सबै समूहको शेयर बढेकोमा जीवन बीमा समूहको शेयर २।८३ प्रतिशत, निर्जीवन बीमा समूहको शेयर २।५१ प्रतिशत, विकास बैंक समूहको शेयर २ दशमलव ३१ प्रतिशतले उकालो लागेको छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । हिजो ७ अर्ब ३ करोडको कारोबार भएकोमा आज ३ सय १७ वटा कम्पनीका ३ करोड १ लाख कित्ता शेयर ९ अर्ब ७४ करोड रुपैयाँमा किनबेच भएको छ ।

प्रकाशित : 2 July, 2025

प्रतिक्रिया दिनुहोस्