नेप्से परिसूचक २२.३५ अंकले घट्यो

सहयात्रा टिभी

काठमाडौं । असार २३, अघिल्लो दिनको तुलनामा आज नेप्से परिसूचक २२.३५ अंक घटेको हो । सो गिरावटपछि नेप्से २६८४ अंकमा कायम भएको छ ।

कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ९ अर्ब ५० करोडको कारोबार भएकोमा आज ८ अर्ब ३७ करोडमा खुम्चियो ।

कुल ३९ कम्पनीको मूल्य बढ्दा २०९ को घट्यो । अधिकांश सेक्टरका सूचक घटेका छन् । फाइनान्स सबैभन्दा धेरै ३.७६ प्रतिशत घट्यो ।

राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनको मूल्य सबैभन्दा धेरै १० प्रतिशत घट्यो । ग्रिन डेभलपमेन्ट बैंकको ९.४९, नेपाल फाइनान्सको ५.३९, समृद्धि फाइनान्सको ४.५९ प्रतिशत घट्यो ।

आज धेरै कारोबार भएका पाँच कम्पनीमा नेपाल पुनर्बीमा, गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स, एनआरएन इन्फ्रास्ट्रक्चर, साहस ऊर्जा र ङादी ग्रुप पावर क्रमशः छन् ।

 

प्रकाशित : 7 July, 2025

प्रतिक्रिया दिनुहोस्