रसुवा प्रशासनले २ साताअघि नै सर्तक पूर्वतयारी अपनाएको थियो

काठमाडौं । असार २४, जिल्ला प्रशासन कार्यालय रसुवाले दुई साता अघि (असार १०) मा नै पूर्वतयारी अपनाउन सर्तक गराएको थियो । प्रशासनले विगत केही दिनदेखि नेपालमा मनसुन प्रणाली सक्रिय रहेको जानकारी गराएको थियो ।
चिनियाँ पक्षबाट समेत चीनको तिब्बत क्षेत्रमा मुहान भई रसुवा जिल्लामा प्रवाह क्षेत्र बनाई बग्ने नदीहरूमा चालु सक्रिय मनसुनका कारण नदीको बहाव बढ्न जानेप्रति प्रशासनले सचेत बनाएको थियो । ‘नदी तटीय क्षेत्र आसपासका बस्ती, निर्माणाधीन तथा सञ्चालित आयोजनाहरू र नदीको तटीय क्षेत्र आसपासमा अवस्थित कार्यालयरसंरचनाहरूमा विपद्को जोखिम बढ्न सक्ने सम्भावना रहेको’ सूचनामा उल्लेख थियो ।
रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले सूचना जारी गरी आवश्यक पूर्वतयारी र सावधानी अपनाउन अनुरोध गरेका थिए ।
रसुवा जिल्ला भई बहने भोटेकोशी नदी, त्रिशुली नदी, लाङटाङ खोला, चिलिमे खोला र यस जिल्लामा अवस्थित अन्य नदीरखोला आसपासका क्षेत्रमा बाढी पहिरोजन्य विपद्को जोखिम रहेको उल्लेख गरिएको थियो ।