रसुवा बाढीमा फसेका ५५ जनाको उद्धार भए १८अझै बेपत्ता

सहयात्रा टिभी

काठमाडौं । असार २४, चीनतर्फबाट आएको बाढीका कारण रसुवागढी हाइड्रोपावरको ड्याम साइडमा फसेको ५५ जनाको उद्धार गरिएको छ ।

 

 

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र नेपाली सेनाको उद्दार टोलीले मंगलबार दिउँसो सम्म ५५ जनाको उद्धार गरिएको जनाएको छ ।

उद्धार गरिएकामा ४ महिला र ५१ जना पुरुष रहेका छन् । उनीहरूलाई झोलुङ्‍गे पुलबाट हिँडाएर उद्धार गरिएको प्रहरीले जनाएको छ । उद्धार हुनेमा १ जना चिनियाँ नागरिक समेत छन् ।

यसका साथै बाढीबाट अहिलेसम्म १८ जना बेपत्ता भएका छन् भने १०० भन्दा बढी गाडी बगाएको प्रहरीले जनाएको छ ।

 

प्रकाशित : 8 July, 2025

प्रतिक्रिया दिनुहोस्