माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

सहयात्रा टिभी

काठमाडौं । असार २६, नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बिहीबार बस्दैछ । बैठक अपराह्न ४ बजे पार्टी केन्द्रीय कार्यालय पेसिरडाँडामा बस्ने बताइएको छ । बैठकमा समसामयिक पछिल्लो राजनीतिक घटनाक्रम, पार्टीले सञ्चालन गरेको जागरण अभियानको समीक्षालगायत विषयमा छलफल हुने माओवादीले जनाएको छ ।


बैठकमा रसुवालगायत मुलुकका विभिन्न भूभागमा आएको बाढीपहिरो र यसबाट भएको जनधनको क्षतिका साथै राहत र उद्धारमा पार्टीले खेल्नुपर्ने भूमिकाका साथै सरकारको ध्यानाकर्षण गराउने विषयमा छलफल हुनेछ ।

प्रकाशित : 10 July, 2025

प्रतिक्रिया दिनुहोस्