वीरगञ्जमा होटलको स्विमिङ पुलमा डुबेर एक बालकको मृत्यु

काठमाडौं । असार २६, पर्साको वीरगञ्जमा स्विमिङ पुलमा डुबेर एक बालकको मृत्यु भएको छ ।
प्रहरीका अनुसार वीरगञ्ज महानगरपालिका-१० पुरानो बसपार्कस्थित होटल दियालोको स्विमिङ पुलमा डुबेर वीरगञ्ज-११ रानीघाटका ९ वर्षीय बालक बजरंगी रौनियारको मृत्यु भएको हो ।
पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका उनको नारायणी अस्पतालमा उपचारको क्रममा बुधबार राति मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।