कलाक्षेत्रमा हुने साइबर अपराध हेर्ने गरी फोकल पर्सन तोक्न निर्देशन

सहयात्रा टिभी

काठमाडौं । असार २६, गीतसंगीत र कला क्षेत्रमा हुने साइबर अपराध र विकृति रोक्न प्रहरीको साइबर ब्युरोमा ‘फोकल पर्सन’ तोकिने भएको छ ।

विहिबार दिउँसो मन्त्रालयमा पुगेको राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको डेलिगेसन टोलीलाई गृहमन्त्री रमेश लेखकले उक्त जानकारी दिएका हुन् ।

सो अवसरमा उपस्थित प्रहरी महानिरीक्षक दीपक थापा र साइबर ब्युरो प्रमुख तथा प्रहरी नायव महानिरिक्षक नबीन्द अर्याललाई गृहमन्त्री लेखकले ब्युरोमा फोकस पर्सन तोकेर काम अघि बढाउन निर्देशन दिए ।

गृहमन्त्री लेखकले सामाजिक संजाल र डिजिटल प्लाटफर्ममा हुने विकृति र त्यसको रोकथामको लागि निष्कर्षसहित अघि बढ्ने बताए ।

उनले भने, ‘गीतसंगीतको मार्फत समाजमा विद्धेष, घृणा फैलाउने, समाज समाजको बीचमा, व्यक्ति व्यक्तिको बीचमा, भाषाभाषीको बीचमा, एकअर्काप्रति अपहेलना गर्ने, अपमान गर्ने, लान्छना लगाउने कार्य रोक्न निष्कर्ष निकालेर अघि बढ्छौं’ गृहमन्त्री लेखकले भने ।

यही सन्दर्भमा उनले कला क्षेत्रको साइबर मामिलालाई हेर्ने गरि फोकल पर्सन तोकेर काम गर्न निर्देशन दिएका हुन् ।

 

प्रकाशित : 10 July, 2025

प्रतिक्रिया दिनुहोस्