कांग्रेसको २६ नेता कार्यकर्तालाई पार्टी हित विपरीत कार्य नगर्न सचेत

सहयात्रा टिभी

काठमाडौं । असार २६, नेपाली कांग्रेसको अनुशासन समितिको २६ नेता कार्यकर्तालाई पार्टी हित विपरीत कार्य नगर्न सचेत गराएको छ ।

गत निर्वाचनमा पार्टीका वा समर्थन गरेका उम्मेदवारलाई असहयोग गरेको उजुरीका आधारमा अब उप्रान्त पार्टी हित विपरीत कार्य नगर्न सचेत बनाएको समितिका संयोजक आनन्द ढुङ्गानाले जानकारी गराएका छन् ।

कलालीमा २, डोल्पामा १०, सल्यानमा ११, दैलेखमा १, खोटाङ्गमा र धनुषामा १/१ जना समेत गरी जम्मा २६ जना सचेत गराइएको ढुङ्गानाले जानकारी गराए ।

तीन तहको निर्वाचनमा पार्टीका उम्मेदवार र पार्टीले समर्थन गरेको उम्मेदवारविरुद्ध उम्मेदवार भएका र त्यस्ता उम्मेदवारका प्रस्तावक र समर्थक भई कारबाही परेका तर फुुकुवाको पुनरावेदन प्राप्त अनुशासन समितिले जनाएको छ ।

कारबाही फकुवाको माग गरेर निवदेन दिनेहरूमा कोशीमा १७, मधेशमा २३, बागमतीमा ४, गण्डकीमा ३, लुम्बिनीमा ३६, कर्णालीमा ४ र सुदूरपश्चिममा १ गरी ८८ जना रहेको अनुशासन समितिले जनाएको छ ।

 

 

प्रकाशित : 10 July, 2025

प्रतिक्रिया दिनुहोस्