पूर्वराजा ज्ञानेन्द्रको संवाद सचिवालय प्रमुख पाठकलाई प्रहरीको सोधपुछ

काठमाडौं । असार २७, पूर्वराजा ज्ञानेन्द्र शाहको संवाद सचिवालयका प्रमुख फणिराज पाठकलाई प्रहरीले सोधपुछ गरेको छ ।
जिल्ला प्रहरी परिसर, काठमाडौंले उपस्थित हुन भन्दै सम्पर्क गरेपछि उनी केहीबेरअघि जिल्ला प्रहरी परिसर, भद्रकाली पुगेका छन् । काठमाडौं प्रहरीका एसपी अपिलराज बोहोराले पुष्टि गरे ।
‘श्री ५ महाधिराज सरकार भन्दै निकालिएका विज्ञप्तिदेखि संवाद सचिवालयको आधिकारिता लगायतका विषयमा बुझ्न बोलाएका हौं’, उनले भने । ‘श्री ५ महाराजधिराजलाई संविधानले नचिन्ने’ भन्दै उनलाई त्यसबारे सोधिएको अधिकारीहरुले बताएका छन् ।