अब विदेश भ्रमणमा जादा नेपालीले ३ हजार डलर लैजान पाउने

काठमाडौं । असार २७, विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने रकमको सीमा बढाएर ३ हजार अमेरिकी डलर पुर्याइएको छ ।
आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले यस्तो घोषणा गरेका हुन् ।
हाल यस्तो रकमको सीमा २ हजार ५ सय डलर छ ।