पेट्राेलमा प्रतिलिटर ५ र डिजेलमा १ रुपैयाँ घट्यो

काठमाडौं । असार ३२, नेपाल आयल निगमले पेट्राेलियम पर्दाथको मूल्य घटाएको छ ।
आज राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्राेलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल र मट्टितेल प्रतिलिटर १ रुपैयाँ घटाएको हाे । भारतीय आयल कर्पोरेसन (आईओसी)बाट घटेर नयाँ मूल्य प्राप्त भएका कारण मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।