प्रजातान्त्रिक आन्दोलनका योद्धा रामचन्द्रसिंह कुशवाहाको निधन

सहयात्रा टिभी

काठमाडौं । असार ३२, मुलुकको प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा रामचन्द्रसिंह कुशवाहाको निधन भएको छ ।

क्यान्सरबाट पीडित उनको उपचारका क्रममा मङ्गलबार वीर अस्पतालमा निधन भएको हो । उनका पत्नी, दुई छोरा र दुई छोरी छन् । उनको पार्थिव शरीर पडरियास्थित निवासमा ल्याइएको छ । आजै उनको अन्तिम संस्कार गरिने जनाइएको छ ।

कुशवाहाको निधनमा नेपाली कांग्रेसका महोत्तरी जिल्ला सभापति नागेश्वर यादव, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष बलिराम यादव र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का जिल्ला इञ्चार्ज प्रकाशहरि पोखरेलले छुट्टाछुट्टै शोक वक्तव्य जारी गर्दै शोक प्रकट गरेका छन् ।

 

प्रकाशित : 16 July, 2025

प्रतिक्रिया दिनुहोस्