एमाले पोलिटब्युरो बैठक जारी : बहसमा ७० वर्षे उमेर हद र २ कार्यकाल

सहयात्रा टिभी

काठमाडौं । साउन ३, नेकपा एमालेको पोलिटब्युरो बैठक सुरु भएको छ । बिहान ११ बजे बस्ने भनिएको बैठक केही ढिलो गरी सुरु भएको हो । पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको विधान मस्यौदामाथि छलफल चलिरहेको छ ।


शुक्रबार सात जनाले मस्यौदामाथि धारणा राखेका थिए । बाँकीले आज धारणा राख्नेछन् । सदस्यहरुले ७० वर्षे उमेर हद, दुई कार्यकालको व्यवस्थामाथि बहस गरिरहेका छन् ।

प्रकाशित : 19 July, 2025

प्रतिक्रिया दिनुहोस्