चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड, सुनको मूल्य एकै दिन २१ सय बढ्यो

काठमाडौं । साउन ७, नेपाली बजारमा बुधबार चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आज चाँदी दुई हजार ३५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसअघि चाँदी असार ३० गते चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको थियो । उक्त दिन चाँदी दुई हजार ३१५ रुपैयाँमा कारोबार भएको थियो ।
मंगलबारको तुलनामा चाँदी ३० रुपैयाँले बढेको छ । मंगलबार चाँदी दुई हजार ३२० रुपैयाँमा कारोबार भएको थियो ।
सुनको मूल्य एकै दिन २१ सय रुपैयाँ बढेर कारोबार भइरहेको छ । सुन प्रतितोला एक लाख ९७ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको महासंघले छ । सुन वैशाख ९ गते हालसम्मकै उच्च मूल्यमा कारोबार भएको थियो । वैशाख ९ गते एक लाख ९७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
मंगलबार सुन प्रतितोला एक लाख ९५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।