सुर्खेत घर भई भक्तपुर बस्ने दिदीबहिनी मृत फेला

सहयात्रा टिभी

काठमाडौं । साउन ८, सुर्खेत घर भई भक्तपुर बस्ने दुई दिदीबहिनीले झुण्डिएर आत्महत्या गरेका छन् । भुईं तलामा बस्ने दुईबहिनी एउटै डोरीमा झुण्डिएको अवस्थामा मृत फेला परेको हुन् ।

जिल्ला प्रहरीका कार्यालय भक्तपुरका अनुसार कँडेल थरका वर्ष १५ र १७ का दिदीबहिनी एउटै मध्यपुर थिमि नगरपालिका-८ बोडे सिन्टिटारमा डेरामा नै डोरीमा झुन्डिएको अवस्थामा फेला परेका हुन् ।

प्रहरी वृत्त, थिमीका डीएसपी नवराज ढुंगानाका अनुसार अहिले उनीहरूका आफन्त बोलाएर थप बुझ्ने काम भइरहेको छ । उनीहरूका बुवाआमा भारतमा बस्ने गरेको र कलंकीमा आन्टीहरु बस्ने गरेको उनले बताए । उनीहरू केही दिन अगाडि मात्रै भारतबाट भागेर आएको पाइएको छ ।

प्रकाशित : 24 July, 2025

प्रतिक्रिया दिनुहोस्