निर्यातमा इतिहासकै उच्च बिन्दु हासिल : प्रधानमन्त्री

सहयात्रा टिभी

काठमाडौं । साउन ८, प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक वर्ष २०८१/२०८२ मा निर्यातमा इतिहासकै उच्च बिन्दु हासिल भएको बताएका छन् ।

आज सामाजिक सञ्जालमार्फत उनले आफ्नो सरकार बन्नुअघि रु एक खर्ब ५२ अर्ब ३८ करोड १२ लाख रहेको देशको कूल निर्यात आफ्नो कार्यकालमा बढेर रु दुई खर्ब ७७ अर्ब तीन करोड दुई लाख पुगेको तथ्याङ्क प्रस्तुत गरेका छन्।

प्रधानमन्त्री ओलीले लेखेका छन्, “यस वर्ष निर्यातमा इतिहासकै उच्च विन्दु हासिल भएको छ । रु दुई खर्ब ७७ अर्ब तीन करोड दुई लाखको निर्यात गर्न हामी सफल भएका छौँ । हामी सरकारमा आउनुभन्दा अगाडि अघिल्लो वर्ष रु एक खर्ब ५२ अर्ब ३८ करोड १२ लाखको निर्यात भएको थियो । गत वर्षको तुलनामा ८१ दशमलव ८० प्रतिशत निर्यात बढेको छ ।”

प्रकाशित : 24 July, 2025

प्रतिक्रिया दिनुहोस्